आतंकवादको विरोधमा पाकिस्तानी दूतावास अगाडि युवाहरुको प्रदर्शन

काठमाडौं - भारत प्रशारित जम्मू-कश्मिरको पुलवा जिल्लामा भएको आत्मघाती आक्रमणमा ४६ जना भारतीय सैनिक जवान मारिएपछि त्यसको आरोप पाकिस्तानमाथि लागेको छ । सोमबार काठमाडौँस्थित पाकिस्तानी दूतावास अगाडि आतंकवादलाई प्रश्रय दिएको भन्दै युवाहरुको समूहले प्रदर्शन गरेका छन् । युवाहरुको समूहले भगवान् गौतम बुद्धको तस्बिरसहितको पर्चा र पम्प्लेट बोकेर महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेका हुन् । …