रसुवागढी जलविद्युत आयोजनाकाे सुरुङ निर्माण तीव्र

रसुवा - उत्तरी रसुवाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवागढी आयोजनाका प्रमुख छविलाल गैरेका अनुसार सुरुङको कुल लम्बाइ चार हजार २०३ मिटरमध्ये तीन हजार ९५३ मिटर निर्माण भइसकेको छ । एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको संरचनानुसार तीन युनिटमध्ये पहिलो युनिटबाट सन् २०१९ भित्र र…