विपद् पूर्वतयारीमा सरकार, यस्तो छ १४ बुँदे निर्णय

काठमाडौं– सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तयारी अवस्थामा रहने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको राष्ट्रिय विपद् परिषद्को बैठकले मनसुनको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारका सरोकारवाला मन्त्रालय, प्रदेशस्तरका मन्त्रालय र स्थानीय सरकार आपसमा समन्वय गरी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहने निर्णय गरेको हो। बैठकले बाढीपहिरो, आगलागी, भूकम्प,…