प्रधानन्यायाधीश जबराकाे अर्काे उद्घाेष : बिचौलियालाई अदालतको अवहेलनामा कारबाही हुन्छ

काठमाडौं–प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने चेतावनी दिएका छन्। न्याय सम्पादनमा अदालतको गरिमामा आँच पु-याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारबाही गरिने प्रधानन्यायाधीश जबराले  आइतबार संवैधानिक तथा कानून पत्रकार मञ्चकाे टाेलीसँग भनेका हुन्। विचौलिया कुना–कुनामा, टेबल–टेबलमा, बेञ्च बञ्चैमा घुसेको उल्लेख गर्दै उनले भने, 'यसको उन्मुक्ति हुनुपर्छ, विचौलियालाई कर्मचारी, कार्यसम्पादन र प्रक्रियामा…