यस्तो छ प्रदेश ७ का मन्त्रीहरुको सम्पत्ति विवरण : मुख्यमन्त्री भट्ट घरविहीन, साढे ३ लाख ऋण

धनगढी - प्रदेश ७ मा सरकार गठन भएको मंगलबार सय दिन पुगेको छ । सरकारको सय दिनकै सन्दर्भमा मन्त्रीहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मंगलबार प्रदेशमा सरकार गठन भएको सय दिन पुगेकै दिन पारेर सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।…