राजविराज विमानस्थलको परीक्षण उडान सफल

राजविराज–विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ। बीचबीचमा उडान भइरहने यस विमानस्थलमा पक्की रन–वे निर्माण भएपछि पहिलो पटक ५० सिट क्षमताको श्री एयरलाइन्सको जहाजले आज सफल परीक्षण उडान गरेको हो । आधा घण्टा विमानस्थलमा बसेको जहाजले विमानस्थलको चारैतिर फन्को लगाएर परीक्षण गरेको विमानस्थलका इन्जिनियर रामएकवाल महतोले बताए।…