उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै

काठमाडौँ- उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ ।  चिकित्सकको सल्लाहअनुसार उनलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको हाे । आज अपराह्न १३.३० बजे उनी थाई एयरको जहाजबाट त्यसतर्फ जाँदैछन् । लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।…