हनुमानढोका परिसरमा निर्माण भइरहेकाे महर्जन बिजनेस कम्प्लेक्सको निर्माण रोक्न सर्वोच्चको आदेश

काठमाडाैं–सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्रमा बन्दै गरेको व्यापारिक भवनको निर्माण कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले पुरातात्विक सम्पदा क्षेत्रमा तत्काल निर्माणको कामलाई अगाडि नबढाउन अन्तरिम आदेश दिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए। साे क्षेत्रमा  महर्जन बिजनेश एसोसियट्स प्रालिको नामबाट कम्प्लेक्स निर्माण भइरहेकाे छ। जनहित संरक्षण…