३३ किलो सुन प्रकरण : कता जाँदै छ अनुसन्धान ?

काठमाडौं - ३३ किलो सुन तस्करी प्रकरणमा बनाइएको छानबिन समितिको म्याद गुज्रिँदै लाग्दा पनि अपराधमा जोडिएका कतिपय पक्ष प्रस्ट हुन नसकेको गुनासा सतहमा आउन थालेका छन् । प्रहरी उच्च अधिकारीसहितको संलग्नतामा गायब पारिएको भनिएको ३३ किलो सुनको सोधखोज गर्न अझैसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विमानस्थलस्थित अध्यागमन कार्यालय र पर्याप्त रूपमा हवाई एजेन्सीलाई छानबिनको दायरामा ल्याइएको…