सूर्यविनायक-धुलिखेल सुरुङमार्गका लागि जापानसँग ऋण सम्झौता हुँदै

काठमाडौं–अरनिको राजमार्ग अन्तर्गत पर्ने सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि जापानसँग ऋण सम्झौताको तयारी थालिएको छ। सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीच मे अन्तिम साता ऋण सम्झौताको तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। महाशाखा प्रमुख श्रेष्ठका अनुसार ऋण सम्झौता भएपछि निर्माणको प्रक्रिया अघि बढ्ने छ। गत मार्चमा नेपाल आएको जापानी अन्तर्राष्ट्रिय…