काठमाडौं - गुरुङ समुदायको ल्होसार पर्वको अवसर पारेर आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने प्रयास भएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारले पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको समेत बताए । उनले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति…