अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी–परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकारले छिमेकी मुलुक भारत, चीनलगायत देशसँगको सम्बन्धलाई नयाँ उचाइमा पु-याएको बताएका छन्। रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको ३६औँ वार्षिक उत्सवमा शनिबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले अहिले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाउँदै लगेको र लगानीका लागि महत्वपूर्ण विकाश साझेदारसँग आग्रह गरिरहेको तथा सकारात्मक प्रतिक्रिया आएको बताएका हुन्। समाज रुपान्तरण, राष्ट्र निर्माण जीवनोपयोगी शिक्षा अहिलेको…