नारायणगढ–मुग्लिन सडक बनेसँगै दुर्घटना पनि बढ्यो

चितवन –नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौंडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चौंडा सडक अहिले बनेको छ । खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्रगतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै गएका हुन्…