सिन्डिकेट खारेजको विरोधमा व्यवसायीको आन्दोलन : २१ गतेदेखि ग्यारेजमा गाडी थन्क्याउने

काठमाडौं – यातायात व्यवस्था विभागले जारी गरेको नयाँ निर्दे्शिका र  कार्यविधि तथा मन्त्रीपरिषद्को निर्णयविरुद्ध यातायात व्यवसायीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सरकारले सिन्डिकेट खारेज गर्दै यातायात समितिको दर्ता नवीकरण नगर्ने निर्णय गरेपछि क्रुद्ध बनेका व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २१ गतेबाट आफ्नो गाडी ग्यारेजमा…