काठमाडौं – सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई फिर्ता बोलाउने तयारी गरेको छ । राजदूत शेर्पाका पूर्व सवारी चालक वाङ्छु शेर्पाले मानव ओसारपसारको आरोप लगाएपछि सरकारले यसलाई गम्भिर रुपमा लिएको हो । शेर्पालाई फिर्ता बोलाउन नेकपाभित्रै चर्को दबाव छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि परराष्ट्रमन्त्रालयले स्पष्टिकरणका लागि तीन दिनभित्र काठमाडौं आउन निर्देशन दिएको छ। मन्त्रालयलाई…