सिन्डिकेट अन्त्यसँगै बस भाडा घटाउन प्रतिस्पर्धा

काठमाडौ‌ -  धुलिखेल–काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो। यही मौका छोप्दै बस व्यवसायीले यात्रुपच्छिे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए। तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयूरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ। ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौं। तर,…