रानीपोखरीमा तीन करोड स्वाहा !

काठमाडौं- सरकारले समयमै सही निर्णय लिन नसक्दा बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीको पुनर्निर्माणमा लगानी भएको साढे ३ करोडभन्दा बढी रकम खेर जाने भएको छ। मौलिक सम्पदाको स्वरूप बिग्रने गरी बनेका संरचना भत्काएर पुरानै निर्माण सामग्री प्रयोग गरी बनाउने निर्णय भएपछि साढे ३ करोडभन्दा धेरै लगानी स्वाहा भएको हो। अब अहिलेसम्म बनाइएका कंक्रिटका सबै संरचना भत्काइने भएको छ।…