संघीय अनुदानबाट कर्णाली प्रदेश बन्दैन : मुख्यमन्त्री शाही

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको अनुदानबाट कर्णाली प्रदेश बन्न नसक्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल, काठमाडौंँद्वारा आयोजित ‘कर्णाली प्रदेश समृद्धिको लागि जलविद्युत’ विषयको अन्तर्कियालार्इ सम्बोधन गर्दै उनले संघीय सरकारले कूल बजेटको ५० प्रतिशत छुट्याए पनि यहाँ अपर्याप्त नै हुने जिकिर गर्दै प्रदेश समृद्ध बनाउनका लागि चाहिने पुँजी जुटाउने अधिकार…