बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

काठमाडौँ– प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यस्तै बैठकमा आजै गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४” प्रस्तुत गरे भने…