खानेपानीमन्त्रीसँग एडिबीका उच्च अधिकारीको भेटवार्ता

काठमाडौँ- खानेपानीमन्त्री विना मगरसँग एसियाली विकास बैंक (एडिबी)को दक्षिण एसिया विभागका महानिर्देशक हुन किमले शिष्टाचार भेटवार्ता गरेका छन् । खानेपानी मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री मगर र महानिर्देशक हुनबीच खानेपानी आयोजना र सेवा प्रणालीका विषयमा छलफल भएको मन्त्री मगरका प्रेस संयोजक गणेशदत्त भट्टले जानकारी दिए । छलफलमा मन्त्री मगरले मेलम्ची खानेपानी विकास आयोजनाले चक्रपथभित्र खानेपानी वितरणको…