भारत र पाकिस्तानको आपसी घृणाले सार्क मरणासन्न ! पुनर्जीवन सम्भव छ ?

काठमाडौं - दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क- गौरवपूर्ण इतिहास बोकेको अन्तरदेशीय क्षेत्रीय संगठन हो । तर पछिल्लो समय भारत र पाकिस्तानको आपसी द्वन्द्व र घृणाले संगठन मरणासन्न अवस्थामा पुगेको छ । क्षेत्रीय संगठन र सहकार्यबाट पाकिस्तानलाई अलग्याउन भारतको प्रयासमा ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास’ (बिमस्टेक) स्थापना गरेर सक्रिय बनाइएको छ…