नेपाली सेनाले बनायो डोल्पामा सरस्वती मन्दिर

डोल्पा– नेपाली सेनाले डोल्पाको एक विद्यालयमा मन्दिर निर्माण गरेको छ । सेनाले ठूलीभेरी नगरपालिका–३ अन्तर्गत सदरमुकाम दुनैमा रहेको सरस्वती माविमा सरस्वती देवीको मन्दिर निर्माण गरेको हो । विद्यालय, सुरक्षा गुल्म सेमु दुनै र कालीदत्त गुल्म सुलिगाडको संयुक्त प्रयासमा उक्त मन्दिर निर्माण गरिएको हो । उक्त मन्दिर सेनाका वाहिनीपति सहायक रथी कुमार लामाद्वारा मूर्ति राखेर पूजापाठ…