काठमाडौं - नेपाल स्टक एक्सचेञ्जमा करीब ११ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी तीन खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । बैंकका अनुसार तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा तीन अर्ब १२ करोड बराबरको हकप्रद…