काठमाडौं–नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु भएको छ। बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समूह’को पहिलो बैठक काठमाडौंको हायत होटलमा सोमबारबाट सुरु भएको हो। बैठकको पहिलो दिन सोमबार सहसचिव स्तरीय ‘संयुक्त कार्य दल’को बैठकको नेतृत्व नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र बंगलादेशको तर्फबाट त्यहाँको विद्युत, उर्जा…