निकुञ्ज भ्रमणपछि देउवाले भने ‘अहिले बाघ देखिएन अर्काेपटक आउछु’

चितवन– जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको सोमबार भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने बताएका छन् । निकुञ्ज घुमाउनसँगै रहेका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि उनले अहिले बाघ देखिएन अर्काेपटक आउने बताएका हुन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा कसराको डुमरिया फाँट…