काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज आणविक सम्मेलनमा भाग अस्ट्रिया प्रस्थान गरेका छन्। अस्ट्रियाको भियानामा हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आइएइए)को मन्त्रिस्तरीय ‘आणविक विज्ञान तथा प्रविधि : वर्तमान र हालको विकास चुनौतीलाई सम्बोधन’ सम्मेलनमा भाग लिन जानुभएको उनका निजी सचिव पुष्पराज ढकालले जानकारी दिए । सम्मेलनमा मन्त्री पोखरेलले सरकारले बनाएको पारमाणविक तथा रेडियोधर्मी पदार्थको…