विमान दुर्घटनामा निधन भएकाको स्मरणमा माइतीघरमा दीप प्रज्वलन

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएकाको स्मरणमा आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । स्वास्थ्यकर्मीको संगठन सक्षम फाउण्डेशन नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । सोही दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।…