प्रधानन्यायधिशलाई डा. केसीको प्रश्न- ‘एउटै व्यक्ति एकै वर्षको परीक्षामा कसरी पास र फेल दुवै हुन्छ ?’

काठमाडौं — प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका सम्बन्धमा हालसम्म विवादरहित तथ्य हो, उनले चितवनको शारदा माविबाट हाईस्कुलको परीक्षा दिएका थिए । तर त्यसमा उनी पास भए कि फेल ? परस्पर बाझिने तथ्य फेला परेपछि नागरिक अभियन्ता डा. गोविन्द केसी, उनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र सहयोगी प्रितम सुवेदीले यसबारे प्रस्ट गराइदिन पराजुलीसमक्ष नै आइतबार निवेदन दिएका छन् । पराजुलीले न्याय…