सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिक इन्टरनेसनलका दुई चिकित्सकको लाइसेन्स खारेज गर्न दबाब

काठमाडौं - नर्भिक इन्टरनेसलन हस्पिटलमा कार्यरत दुई चिकित्सकको लाइसेन्स खारेज गर्न चिकित्सक र सर्वसाधारणले हरेक दिनजसो दबाब दिन थालेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । सद्दे खुट्टाको अप्रेसन गर्ने नर्भिकमा कार्यरत दुई चिकित्सक डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारको लाइसेन्स तत्काल खारेज गर्न दबाब आएरहेको काउन्सिल इथिकल कमिटीका संयोजक ढुन्डीराज पौडेलले बताएका छन् ।…