सिंहदरबारको भ्रष्टाचार गाउंगाउंमा पुगिरहेको छ : डा. भट्टराई

लुम्बिनी – नयां शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउंगाउंमा पुगिरहेको बताउनुभएको छ । पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकको तेस्रो दिन शुक्रबार समूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिंदै संयोजक डा.भट्टराईले उक्त कुरा बताउनुभएको हो । ’हामीले संघर्ष गरेर ल्याएको संघीयताको कार्यान्वयनबाट सिंहदरबारको अधिकार गाउंगाउंसम्म पुग्नुपर्ने हो,’ उहांले भन्नुभयो, ’तर अधिकारभन्दा…