निर्मला हत्याकाण्डमा शंकास्पद व्यक्तिको डिएनए परीक्षणको तयारी

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीय नाबालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्ड अनुसन्धानमा खटिएका प्रहरीले थप केहि व्यक्तिको डिएनए परीक्षण गर्ने भएका छन् । उक्त घटना घटेको ९६ दिन बितिसक्दा पनि दोषी पत्ता नलाग्दा प्रहरीमाथि थप दबाब बढ्दै गएको छ । निश्चित संख्यामा नभए पनि बढी शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरिने कञ्चनपुरका एसपी कुबेर कडायतले बताए।…