म्याग्दी - १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ । पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम…