कर्णालीका मुख्यमन्त्री राज्यकोषको दोहन गर्दै,सडक पुगेका ठांउमा हेलिकोप्टरको प्रयोग

सुर्खेत - एक साताअघि हुम्लाको चंखेली गाउँपालिका-५ नेक्पामा पहिरो गयो। पहिरोमा पुरिएर दुईको मृत्यु भयो। चार घाइते भए। उद्धारका लागि हेलिकप्टरको विकल्प थिएन। स्थानीयले प्रदेशदेखि केन्द्र सरकारसम्म हारगुहार गरे। कतैबाट सुनुवाइ नभएपछि १२ लाख ऋण काडेर हेलिकप्टर चार्टर गरे र घाइतेलाई नेपालगञ्ज तथा काठमाडौं पुर्‍याए। पहिरोमा पुरिएर घाइते भएकाको ज्यान जोगाइदिन रोइकराई गर्दासमेत प्रदेश सरकारले…