गोरखा - अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन…