काठमाडौं– सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध एक जना कार्यकर्ताको प्रहरी हिरासतभित्रै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको जानकी गाउँपालिका–६ गनापुरका ३० वर्षीय राममनोहर यादव रहेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा उनि गत भदौ ७ मा पक्राउ परेका थिए…