सरकारका सचिव र ठूला निर्माण व्यवसायीको सेटिङमा निर्माण क्षेत्रमा सिण्डिकेट :प्रचण्ड 

चितवन -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रको सिण्डिकेटपछि अब निर्माण क्षेत्रको सिण्डिकेट तोड्ने चेतावनी दिएका छन् । निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारण सभालाई बुधबार चितवनको भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ठूला विकास निर्माणको काम नगर्ने  ठेकेदारलाई कार्वाही गर्ने चेतावनी दिएका हुन । उनले प्याकेजको नाममा एउटै निर्माण व्यवसायीलाई…