काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि नेकपा प्रवक्ता प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लव आक्रोशित बनेका छन् । उनले बिहिबार राती जारी गरेको विज्ञप्तिमा श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । विप्लवले भनेका छन्, ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो…