प्रभावकारी बन्दै हटलाइनमा उर्जामन्त्री कार्यक्रम,समस्या समाधान भएपछी सेवाग्रही दंग

–रमेश लम्साल, काठमाडौँ – सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधन समेत गर्ने जानकारी पाएपछि उहाँले ११५१ नम्बरमा…