‘अन्नपूर्ण’को पहिलो व्यावसायिक उडान बुधबारबाट सुरु

काठमाडौं - नेपाल वायुसेवा निगमले केही समयअगाडि भित्र्याएको वाइडबडी ‘अन्नपूर्ण’ विमानले बुधबार देखि कतारको दोहाबाट व्यावसायिक उडान सुरु गर्दैछ । निगमको पहिलो वाइडबडी विमान ‘९–एन–एएलवाई’ बुधबार राति ९ः२५ बजे कतारको दोहाका लागि प्रस्थान गर्दैछ । अन्नपूर्णलाई दोहाका लागि नियमित उडानको तालिकामा राखिएको छ । नियमित उडानको सेड्युलमा राखिए पनि यात्रुको चापका आधारमा उडानको सेड्युलमा राखिएको छ…