अस्पताललाई युद्धभूमि बनाई अपहरण शैलीमा काठमाडौँ ल्याइयो : डा. केसी

काठमाडौं- डा. गोविन्द केसीले आफूलाई इच्छाविपरित अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. केसीलाई सरकारले अस्पताल परिसरभित्रै प्रहरी परिचालन गरेर जबर्जस्ती काठमाडौं ल्याएको थियो। सेनाको हेलिकप्टरमा काठमाडौंको टुँडिखेल ओरालेर टिचिङ अस्पताल लगिएका डा.केसीले त्यहीँबाट प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ज्यादतीपूर्ण व्यवहारको भर्त्सना गरेका…