आखिर कस्ले गर्दैछ बम विस्फोट ? के हेर्दैछ सुरक्षा निकाय ?

काठमाडौं - गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कांग्रेसको चुनावी सभालाई लक्ष्य गर्दै गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा मृत्यु भयो । देउवाले सम्बोधन गर्दैगर्दा नजिकै भएको विस्फोटमा चौधरीसहित नौ प्रहरी घाइते भएका थिए ।       इलाका प्रहरी कार्यालय तुलसीपुरअन्तर्गत…