भारतीय सैनिकलाई फिर्ता पठाउने हिम्मत बोकेका पूर्वप्रधानमन्त्री विष्टको अन्त्येष्टि

 काठमाडौं– पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ ।   विष्टको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्राका अधयक्ष एवं उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न दलका नेता सहभागी थिए।   लामो समयदेखि पेटको अर्बुद रोगबाट अस्वस्थ्य विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा शनिबार बिहान १० बजे निधन भएको थियो।    …