बाघको मासु र हड्डीसहित सीआईबीको फन्दामा परे भरत महतो

काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाघको मासु र हड्डीसहित एक जनालाई पक्राउ गरेको छ।       सीआईबीको टोलीले मासु र हड्डीसहित बाराको कोहल्वी नगरपालिका–८ नयाँबस्तीका भरत महतो कुसुवाहलाई पक्राउ गरेको हो।       बाघको मासु र हड्डीका ग्राहक खोज्दै हिँडेका कुसुवाहलाई सीआईबीको टोलीले एक किलोग्राम हड्डीसहित मासु बरामद गरेको छ।  …