काठमाडौं – प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संविधानविपरीत बोलाएको दुवै सदनको संयुक्त बैठकको निर्णयलाई सरकारले सच्याइदिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठकको आह्वानका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरी सभामुख र अध्यक्षले संविधानविपरीत गरेको त्रुटि सच्याइदिएको हो। सरकारका प्रवक्ता एव सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले संघीय संसदन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक…