काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ। मुलुकको एकमात्र सो अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक चाप नियन्त्रण गरी यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याएको हो। विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा सेवाको शुभारम्भ भएको घोषणा गर्दै एयर ट्राफिक व्यवस्थापनमा गम्भीर…