संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको छ : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले उठाएका पश्नकाे जवाफ दिँदै उनले भारतीय प्रधानमन्त्रीको नेपाल राजकीय भ्रमणले नेपाल र भारतबीचमा थप विश्वासको आधार तयार गरेको बताए। 'राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन सक्दैन…