काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी पाँच वर्षमा सबै क्षेत्रमा विद्युत पुर्याउने घाेषणा गरेका छन् । सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै मन्त्री पुनले आगामी पाँच वर्षमा सबै क्षेत्रमा विद्युत पुर्याउने घाेषणा गरेका हुन्। उनले अहिलेसम्म ३५ प्रतिशत नागरिकको पहुँचमा विद्युत् सेवा नपुगेकाले ती क्षेत्रमा विद्युत् उपलब्ध गराउन…