‘जनसत्ता’ ब्युताउने तयारीमा विप्लव, बन्दुक उठाउने चेतावनी

काठमाडौं–निर्वाचन खारेजीको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ले बन्दुक उठाउने चेतावनी दिएको छ। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अधिकारका लागि बन्दुक उठाउन तयार रहेको बताएका हुन्।   मंगलबार कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै विप्लवले पार्टीले आसन्न मंसिरमा हुने निर्वाचन पनि खारेज गर्ने घोषणा गरेको र दमन भए प्रतिकारमा उत्रिने चेतावनी…