प्रचण्डद्वारा उत्पीडित बस्तीका दुई बालकलाई विद्यालय भर्ना, भर्ना अभियानलाई सफल पार्न अपील

चितवन– पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले ल्याएको विद्यालय भर्ना राष्ट्रिय अभियानलाई सफल बनाउन सबैमा अपील गरेका छन्। बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा आयोजित अभिभावकत्व ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान शिक्षालाई आमूल परिवर्तन गरी स्वरोजगार र आत्मनिर्भर बनाउनु पर्ने बताएका हुन्। ‘विद्यालय जान वञ्चित हजारौं बालबालिकाहरुलाई विद्यालय जाने वातावरण…