माओवादीको आधार इलाका थवाङसंग ३५ वर्षपछि यसरी सुध्रियो सेनाको सम्बन्ध

रोल्पा - विगतमा नेपाली सेनामात्रै होइनन, सुरक्षा निकायका कुनै पनि अंगसँग थवाङवासीको सम्बन्ध हार्दिकतापूर्ण थिएन । दुवैले एक अर्कालाई शत्रुलाई ठान्थे । २०३८ सालमा तत्कालीन शासकले थवाङलाई घेराहाली शैन्य अपरेशन गरेदेखि बिग्रिएको सम्बन्ध माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका बेला उत्कर्षमा पुगेको थियो, कैयौंपटक आमनेसामने भएर दुवै पक्ष युद्धमा भिडेका थिए । शत्रुतापूर्ण सम्बन्धमा रहेका…